मंगलबार, वैशाख २९, २०८३

दसैंपछिको पहिलो कारोबार दिन सेयर बजार राताम्य

 |  आइतबार, कात्तिक १२, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १२, २०८०

काठमाडौं- दसैं बिदाको १० दिनपछि आज आइतबार खुलेको सेयर बजारमा पहिरो गएको छ। नेप्से परिसूचक २८.१८ अंकले घटेर बन्द भएको छ।

National life

बजार १.४८ प्रतिशतले घटेर १८७५.६५ विन्दुमा बन्द भएको हो। नेप्सेका अनुसार आज ७४ करोड २९ लाख रुपैयाँको मात्र सेयर कारोबार भएको छ। पछिल्लो कारोबार दिन कात्तिक २ गते ९७ करोड ६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो।

आज सर्वाधिक सेयर मूल्य घट्नेमा सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड छ। यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ३१५ रुपैयाँ कायम भएको छ।

सर्वाधिक सेयर मूल्य वृद्धि अपर सोलु हाइड्रोइलेक्टिक कम्पनी लिमिटेडको भएको छ। यो कम्पनीको सेयर मूल्य ८.९९ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता २६९ रुपैयाँ २० पैसा कायम भएको छ।

कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ।

प्रकाशित: Oct 29, 2023| 16:13 आइतबार, कात्तिक १२, २०८०
प्रतिक्रिया दिनुहोस्