मंगलबार, वैशाख २९, २०८३

तोलाको १ लाख १७ हजार पुग्यो सुनको भाउ

 |  आइतबार, कात्तिक १२, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १२, २०८०

आज आइतबार नेपाली बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँ तोकेको छ।
अस्ति शुक्रबार नै सुनको मूल्य १ लाख १६ हजार रुपैयाँ पुगेको थियो।

National life

त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ४५० रुपैयाँ कायम भएको छ। त्यसैगरी चाँदी तोलाको १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ।  दसैंअघि १ लाख १५ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन दसैंपछि बजार खुल्दा शुक्रबार र शनिबार दुई दिनमै १ हजार ५ सय रुपैयाँले बढेको छ।

रुस र युक्रेनबीचको युद्धको असरले नै सुनको मूल्य वृद्धि भइरहेको व्यवसायी बताउँछन्। युद्धका कारण प्रमुख स्टक मार्केट ओरालो लागेको हुँदा सुनमा लगानीकर्ताको आकर्षण बढेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएका कारण स्थानीय बजारमा पनि त्यसको असर परेको हो। छापावाल सुनको मूल्य १ लाख २० हजार नाघ्ने व्यवसायीहरुको अनुमान छ। मूल्य अकासिएका कारण पछिल्लो समय नेपाली बजारमा सुनको कारोबार घटेको छ। विगतमा दैनिक ३५-४० किलो सुन खपत हुने गरेकोमा अहिले २०-२५ किलोमा झरेको छ।

अघिल्लो शुक्रबारमात्र सुन प्रतितोला १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। दुई सातामै सुन प्रतितोला ९ हजार रुपैयाँ महँगो भएको छ । महासंघको तथ्यांकअनुसार विगत ३ वर्षमा सुनको मूल्य प्रतितोला ४१ हजार रुपैयाँले बढेको छ।

वैदेशिक मुद्रा सञ्चितिका लागि सरकारले २०७८ फागुनबाट सुन आयातको कोटा दैनिक २० किलोबाट १० किलोमा झारेको थियो। अहिले भने सञ्चिति पर्याप्त भएको र बजारमा माग पनि बढेका कारण दैनिक २० किलो नै बनाइएको छ।

 

प्रकाशित: Oct 29, 2023| 11:18 आइतबार, कात्तिक १२, २०८०
प्रतिक्रिया दिनुहोस्