शनिबार, वैशाख २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसको चियापानः नेता, कार्यकर्तालाई समोसा केरा, भीआईपीलाई स्वीटकर्नदेखि चिकनसम्मको मेन्यू

कांग्रेसको चियापानः नेता, कार्यकर्तालाई समोसा केरा, भीआईपीलाई स्वीटकर्नदेखि चिकनसम्मको मेन्यू

चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सत्ता गठबन्धनका नेताहरु, एमाले अध्यक्ष केपी ओली, विदेशी कूटनीतिक नियोगका पदाधिकारी, सुरक्षा अंग, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्तालगायत सहभागी छन्।
 |  शनिबार, कात्तिक ११, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ११, २०८०

काठमाडौं–सत्तारुढ  कांग्रेसले कोजाग्रत पूर्णिमा अवसरमा आज पार्टी मुख्यालय सानेपामा चियापान कार्यक्रम गरेको छ।

National life

चियापानमा सभापति शेरबहादुर देउवालगायतले सहभागी निम्तालुलाई स्वागत गरेका छन्। चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सत्ता गठबन्धनका नेताहरु, एमाले अध्यक्ष केपी ओली, विदेशी कूटनीतिक नियोगका पदाधिकारी, सुरक्षा अंग, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्तालगायत सहभागी छन्।

कांग्रेसले गरेको चियापान कार्यक्रममा दुई खान्गी राखिएको छ। पार्टीका नेता, कार्यकर्ता र सर्वसाधारणका लागि समोसा, केरा, निम्की, बर्फीको प्याकेट, सेतो, कालो चिया र कफी व्यवस्था गरिएको छ।

कांग्रेसलाई चियापानमा सहभागी हुने पाउनका लागि अनुपम फुडल्यान्डले ५ हजार जनाका निम्ति मेन्युको प्याकेट बनाएको बताइन्छ।

चियापानमा सहभागी पाहुना तथा उच्चपदस्थका लागि बारा, स्वीटकर्न, चिकेन, चीज स्यान्डविच, अचार, चिया, कफी व्यवस्था गरिएको छ। झन्डै ४ सय भीआईपीका लागि यो मेन्यु तयार गरिएको छ।

प्रकाशित: Oct 28, 2023| 16:40 शनिबार, कात्तिक ११, २०८०
प्रतिक्रिया दिनुहोस्