आइतबार, असार २२, २०८२

चीन भ्रमणमा निस्किए प्रधानसेनापति शर्मा 

प्रधानसेनापति शर्माले सियान सिटी, सांघाई र ग्वाङ्झाउमा अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्न इकाइ तथा शिक्षण संस्थाको भ्रमण गर्नेछन्। 
 |  शुक्रबार, कात्तिक १०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १०, २०८०

vianetvianet

काठमाडौं– प्रधानसेनापति प्रभुराम शर्मा चीनको औपचारिक भ्रमणका लागि बेइजिङ उडेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा र बलाध्यक्ष रथी सीताराम खड्काले बिदाइ गरे।

भ्रमणका क्रममा प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना हुने बेइजिङ झिङसान फोरम उद्घाटन समारोहमा सहभागी हुनेछन्। शर्मा र चिनियाँ जनमुक्ति सेना सीएमसीका चिफ अफ स्टाफ जनरल लिउ झेनलीबीच भेटवार्ता हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

भ्रमणका क्रममा उनले सियान सिटी, सांघाई र ग्वाङ्झाउमा अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्न इकाइ तथा शिक्षण संस्थाको भ्रमण गर्नेछन्। शर्मा १६ कात्तिकमा देश फर्कनेछन्।

भ्रमण दलमा मध्यपूर्वी पृतनापति उपरथी प्रेमध्वज अधिकारी र प्रधानसेनापतिको सैनिक सहायक तथा स्टाफ अधिकृत रहेका छन्। प्रधानसेनापतिको अनुपस्थितिमा बलाध्यक्ष रथी सीताराम खड्काले कामु प्रधानसेनापति भई कार्यभार सम्हाल्ने निर्देशनालयले जनाएको छ।

प्रकाशित: Oct 27, 2023| 17:59 शुक्रबार, कात्तिक १०, २०८०
प्रतिक्रिया दिनुहोस्