आइतबार, असार २२, २०८२

राष्ट्रसंघका महासचिव गुटेरेस आगामी आइतबार नेपाल आउँदै

प्रधानमन्त्री प्रचण्डको निम्तोमा नेपाल आउन लागेका महासचिव गुटेरेसले ३ अक्टोबर २०२३ मा संघीय संसद्को संयुक्त अधिवेशनलाई सम्बोधन गर्ने।
 |  शुक्रबार, कात्तिक १०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १०, २०८०

vianetvianet

काठमाडौं– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले १२ देखि १५ कात्तिकसम्म नेपालको औपचारिक भ्रमण गर्दै छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा उनी नेपालको तीनदिने भ्रमणमा आउन लागेका हुन्। 

जनवरी २०१७ मा पदभार ग्रहण गरेपछि महासचिव गुटेरेसको यो पहिलो नेपाल भ्रमण हो। भ्रमणका क्रममा महासचिव गुटेरेसले ३ अक्टोबर २०२३ मा संघीय संसद्को संयुक्त अधिवेशनलाई सम्बोधन गर्नेछन्।

उनले हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्नुका साथै प्रभावित समुदायसँग संक्षिप्त कुराकानी गर्ने कार्यक्रम पनि छ। उनले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पोखरा भ्रमण गर्नेछन्। 

महासचिवका साथमा संयुक्त राष्ट्रसंघका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर–हाम्दी र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयका अन्य अधिकारी र नेपालस्थित राष्ट्रसंघको टोली पनि सहभागी हुनेछ। 

भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्डलगायतसँग भेटवार्ता गर्नेछन्। महासचिव गुटेरेसले १ नोभेम्बरमा काठमाडौं छाड्नेछन्।

प्रकाशित: Oct 27, 2023| 16:59 शुक्रबार, कात्तिक १०, २०८०
प्रतिक्रिया दिनुहोस्