आइतबार, असार २२, २०८२

हुम्लामा विद्युत् अवरुद्ध

विद्युत् आपूर्ति बन्द भएपछि हुम्ला सदरमुकाम सिमकोटसहितका दुई गाउँपालिकाबासी अँध्यारोमा बस्न बाध्य भएका छन्।
 |  शुक्रबार, कात्तिक १०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १०, २०८०

vianetvianet

हुम्ला– बिहीबार रातिदेखि हिमाली जिल्ला हुम्लामा विद्युत् सेवा अवरुद्ध भएको छ। विद्युत् आपूर्ति बन्द भएपछि हुम्ला सदरमुकाम सिमकोटसहितका दुई गाउँपालिकाबासी अँध्यारोमा बस्न बाध्य भएका छन्। नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाको विद्युत्गृहको मुख्य क्यानलमा पाइप जडान गर्ने कार्य हुँदा विद्युत् सेवा अवरुद्ध भएको हो।

मुख्य क्यालनमा रहेको अस्थायी पाइप हटाई उक्त स्थानमा पाइप जडान गर्ने कार्य भइरहेकाले विद्युत् सेवा अवरुद्ध हुन पुगेको विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाका प्रमुख नारायणप्रसाद कर्णले बताए। ९–२२ कात्तिकसम्म पुनःनिर्माण कार्य हुने भएकाले १३ दिनसम्म यहाँ विद्युत् सेवा उपलब्ध नहुने प्रमुख कर्णले जानकारी दिए।

हिउँदयाममा भारी हिमपात हुने तर विद्युत्का लागि आवश्यक पानी नपुग्नुका साथै पहिरो जाने भएको हुँदा हिमपात हुनुअगावै मर्मत गरिएको हो। विद्युत् सेवा अवरुद्ध भएसँगै सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकामा अन्धकार भएको हो भने दसैं बिदा सकिएलगत्तै सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालय खुला हुने भए पनि विद्युत् सेवा अवरुद्ध हुँदा काम गर्न असहज हुने भएको छ।

यसबाट सिमकोट र खार्पुनाथ गाउँपालिकाका करिब दुई हजार दुई सय बढी सेवाग्राही प्रभावित भएका छन्।–रासस 

प्रकाशित: Oct 27, 2023| 16:30 शुक्रबार, कात्तिक १०, २०८०
प्रतिक्रिया दिनुहोस्