आइतबार, असार २२, २०८२

कांग्रेसको चियापान आज, १० हजारलाई निम्तो 

 |  शनिबार, कात्तिक ११, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ११, २०८०

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्ने चियापान शनिबार हुँदैछ। चियापानका निम्ति १० हजारजनालाई निम्ता कार्ड बाँडिएको कांग्रेसले मुख्यालयले जनाएको छ। 

चियापानमा राजनीतिक दलका नेताहरू, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, सांसदहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रमुखहरू, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायी, बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, सञ्चारकर्मी, गैरआवासीय नेपालीका संघ–संस्थाका प्रमुखहरूलाई आमन्त्रण गरिएको छ। कांग्रेस सदस्य एवं शुभेच्छुकसहित सर्वसाधारलाई सार्वजनिक रूपमा आमन्त्रण गरिएको पार्टीले जनाएको छ।

'चियानमार्फत शुभकामना आदानप्रदानले राजनीतिक तिक्ततालाई सद्भावमा बदल्ने र सामाजिक विसंगतिलाई कम गर्न मद्दत पुग्ने अपेक्षा गरेका छौँ,' कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने, 'हामीले सद्भावको संस्कृतिलाई निरन्तरता दिएका हौँ।'

उनले १० हजार निमन्त्रण कार्ड बाँडिएको जानकारी दिए। सार्वजनिक निमन्त्रणा पनि गरिएकाले सर्वसाधारणको बाक्लो सहभागिता रहने अपेक्षा गरिएको उनले बताए। बीपी कोइरालाले ०३४ सालमा कोजाग्रत पूर्णिमाका दिन सुरु गरेको चियापानलाई विशेष अवस्थामा बाहेक हरेक वर्ष निरन्तरता दिइएको छ।

०३३ साल पुस १६ गते बीपी ‘राष्ट्रिय मेलमिलाप नीति’ लिएर स्वदेश फर्किएका थिए। त्यति बेला राजाले राजनीतिक दलमाथि प्रतिबन्ध लगाएका थिए। बीपीले राजनीतिक दलका नेताहरू र सर्वसाधारणले एकसाथ भेट्न मिल्ने गरी कोजाग्रत पूर्णिमाका दिन चियापान आयोजना गर्न सुरु गरेका थिए।

प्रकाशित: Oct 28, 2023| 06:45 शनिबार, कात्तिक ११, २०८०
प्रतिक्रिया दिनुहोस्