मंगलबार, असार ३०, २०८३

एमालेको चियापान मिति सारियो

एमालेले कात्तिक १५ मा चियापान कार्यक्रम आयोजना गर्ने भएको हो।
 |  शुक्रबार, कात्तिक १०, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १०, २०८०

काठमाडौं–एमालेले १४ कात्तिकमा तय गरेको चाडपर्व लक्षित चियापान कार्यक्रम एक दिन पछि सारेको छ। एमालेले कात्तिक १५ मा चियापान कार्यक्रम आयोजना गर्ने भएको हो।

एमालेले दसैं, तिहार, छठलगायत पर्व अवसरमा चियापान कार्यक्रम आयोजना गर्दै आएको छ। 

यो वर्ष १४ कात्तिकमा शुभकामना तथा आदानप्रदान तथा चियापान कार्यक्रम राखिएकामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण कार्यतालिका त्यसैबेला परेकाले १५ कात्तिकलाई सारिएको पार्टी उपमहासचिव विष्णु रिमालले बताए।

प्रकाशित: Oct 27, 2023| 12:44 शुक्रबार, कात्तिक १०, २०८०
प्रतिक्रिया दिनुहोस्