सोमबार, असार २, २०८२

वर्तमान सरकार पाँच वर्ष टिक्छ : प्रधानमन्त्री प्रचण्ड

 |  बिहीबार, कात्तिक ९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ९, २०८०

vianetvianet

त्रिवेणी- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धन सरकार पाँच वर्ष नै टिक्ने बताएका छन्। रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–६ मग्मामा सहिद स्मृति खेलकुद तथा सांस्कृतिक मेलामा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले वर्तमान सरकार बनेदेखि नै ढाल्ने चलखेल सुरु भए पनि कसैले हल्लाउन नसक्ने बताएका हुन्। 

‘गठबन्धन सरकार कमजोर भए अराजकतावादी, विचारविहीनहरु बढ्दै जान्छन्, सामन्ती र निरंकुशतावादीले टाउको उठाउने खतरा बढ्छ’, प्रधानमन्त्री दाहालले भने। उनले मुलुकका विभिन्न भागमा धार्मिक र जातीय सद्भाव बिगार्ने खेल भइरहेको भन्दै त्यसलाई रोक्न पनि सरकार आवश्यक भएको तर्क गरे।

प्रधानमन्त्री दाहालले रुकुम पश्चिमको समग्र विकासबारे आफू जानकार रहेको बताउँदै काठमाडौँ पुगेपछि मन्त्रिपरिषद्को बैठकले यसबारे महत्वपूर्ण निर्णय गर्ने जानकारी दिए।

प्रकाशित: Oct 26, 2023| 17:28 बिहीबार, कात्तिक ९, २०८०
प्रतिक्रिया दिनुहोस्