सोमबार, असार २, २०८२

सरकार र गठबन्धन भत्काउने खेल भइरहेको छः प्रधानमन्त्री प्रचण्ड

माओवादीबाट फुटेका दलहरूबीच एकता आवश्यक रहेको प्रधानमन्त्री प्रचण्डको धारणा।
 |  बिहीबार, कात्तिक ९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ९, २०८०

vianetvianet

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाटट सञ्चालित तीन महिने विशेष रुपान्तरण अभियान चलाउनुको उद्देश्य माओवादी घटक दलहरुबीच एकता पनि गराउनु रहेको बताएका छन्। 

आज रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–६ मग्गामा आयोजित सहिद स्मृति मेला उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले माओवादीबाट फुटेर गएका दलहरुबीच एकता आवश्यक रहेकामा जोड दिएका हुन्।

उनले भने, ‘हामी ठूलो पार्टीको रुपमा उदाए पनि सबै फरक–फरक बाटोतिर लाग्यौं। हामीले क्रान्ति गर्ने बेला जुन किसिमको प्रतिबद्धता जनतासामु गरेका थियौं, त्यो प्रतिबद्धता भुल्दै साथीहरु फरक बाटोतिर लाग्नुभयो। शान्ति प्रक्रियापछि उहाँहरुलाई के कुरा चित्तै बुझेन पार्टी नै फुटाउनुभयो।’ 

केही साथीहरु फरक बाटो लागे पनि अझै केही नबिग्रिएको उनको भनाइ थियो। ‘हामी माओवादी शक्तिहरु पुनः एक हुनुपर्ने बेला आएको छ। त्यसका लागि समाजवादी मोर्चा बनाएका छौं। त्यही मोर्चा नै भोलि एकताको बाटोमा जान्छ। समाजवादी मोर्चा र नेकपा माओवादी केन्द्रको अभियान भनेको माओवादी घटक र अन्य विचार मिल्ने पार्टीहरुको एकता हो,’ उनले भने। 

उनले वर्तमान सरकार पाँच वर्ष टिक्ने दाबी गरे। उनले भने, ‘हामीले निकै बलियो सरकार बनाएका छौं। यो सरकार पाँच वर्षसम्म रहन्छ। कोशी प्रदेशमा केही तलमाथि हुँदै गर्दा गठबन्धनवरुद्ध लागेको पनि देखियो। अन्ततः कोशीमा पनि गठबन्धकै सरकार बन्छ।’ सरकार ढाल्न र गठबन्धन फुटाउनतर्फ केही दल लागिपरेको उनको आरोप थियो।

प्रकाशित: Oct 26, 2023| 16:00 बिहीबार, कात्तिक ९, २०८०
प्रतिक्रिया दिनुहोस्