मंगलबार, असोज ७, २०८२

रसुवाका ग्रामीण सडकमा यातायात सुचारु

रसुवाका पाँच वटै गाउँपालिकाभित्र अवरुद्ध ग्रामीण सडक स्काभेटरको सहायताले खाल्डाखुल्डी पुर्ने र पहिरो पन्छाएपछि यातायात चल्न थालेका हुन्।
 |  बिहीबार, कात्तिक ९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ९, २०८०

रसुवा–वर्षायामको भेल र पहिरोका कारण बन्द रसुवाका सबै ग्रामीण सडकमा यातायातका साधन चल्न थालेका छन्। रसुवाका पाँच वटै गाउँपालिकाभित्र अवरुद्ध ग्रामीण सडक स्काभेटरको सहायताले खाल्डाखुल्डी पुर्ने र पहिरो पन्छाएपछि यातायात चल्न थालेका हुन्।

Kumaribank

नौकुण्ड गाउँपालिकाभित्रको करिब ६४ किलोमिटर र कालिका गाउँपालिकाअन्तर्गतको करिब ३० किलोमिटर सडक सुधार गरिएको छ। स्काभेटरको सहायताले वर्षायाममा सडक सतहमा  रहेका  लेदो र  ढुंगा हटाउनुका साथै खाल्डाखुल्डीसमेत पुरेर सवारी साधन सञ्चालन गराइएको कालिका गाउँपालिका–५ का वडाध्यक्ष सन्दीप पौडेलले जानकारी दिए।

आमभञ्ज्याङ, धुसेनी, भोर्ले, कप्थलीटार, पारच्याङ, यार्सा, सरमथली, पाटिखर्क, लाङ्वु, लोकिललगायत क्षेत्रका ग्रामीण सडकमा सवारी साधन ओहोरदोहोर भइसकेको छ। यस्तै, उत्तरगया गाउँपालिकाको बनुवा घुम्ती कर्मिडाँडा, डाँडागाउँ, ठूलोगाउँ, गोसाइँकुण्ड तथा आमाछोदिङ्मो क्षेत्रका सडकसमेत सञ्चालन भइरहेको छ।

पासाङल्हामु मार्गको बेत्रावतीदेखि धुञ्चे, स्याफ्रुबेँसीसम्म डिभिजन सडक कार्यालय र स्याफ्रुबेँसी रसुवागढी अन्तर्राष्ट्रिय राजमार्गमा भने रसुवागढी हाइड्रोपावर तथा गल्छी, मैलुङ स्याफ्रुबेँसी सडक सुधार आयोजनाको डोजरले अवरुद्ध सडक खुलाइएको सडक कार्यालयका प्राविधिकले बताए। 

ठूलो भार्खुडाँडा,  सानुभार्खु भीर, याङ्याङको भोटेकोशी पुलनजिक  र स्याफ्रुबेँसीदेखि रसुवागढी स्थानको मार्गमा सडक सुधार हुन नसक्दा सवारी चालकले हैरानी बेहोर्दै आएका थिए।–रासस

Metro Mart

प्रकाशित: Oct 26, 2023| 16:59 बिहीबार, कात्तिक ९, २०८०
प्रतिक्रिया दिनुहोस्