शनिबार, वैशाख २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • दलीय र व्यक्तिगत स्वार्थ त्यागे मात्रै देश समृद्ध बन्छः उपसभामुख राना मगर

दलीय र व्यक्तिगत स्वार्थ त्यागे मात्रै देश समृद्ध बन्छः उपसभामुख राना मगर

देश विकासका लागि दलीय तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अघि बढ्न उपसभामुखको सुझाव।
 |  बिहीबार, कात्तिक ९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ९, २०८०

दमक–प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले देशलाई समृद्धि र विकसित बनाउन सबैले एकजुट भएर अघि बढ्नुपर्ने बताएकी छन्। आज दमकमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देश विकासका लागि दलीय तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अघि बढ्नुपर्ने औंल्याएकी हुन्।

National life

देश निर्माणमा हरेक नागरिकको भूमिका हुनुपर्ने उल्लेख गर्दै उपसभामुख रानामगरले अब पनि देश निर्माणमा ढिलाइ भए सबै नेपाली पछिपर्ने दिन टाढा नभएको बताए।
देशप्रतिको माया, लगानी हुनसकेमात्र देशमा समृद्धि र परिवर्तन सम्भव हुने भन्दै त्यसका लागि सबैको साझा स्वार्थ हुनुपर्ने उनको भनाइ थियो। 

देशमा भइरहेको राजनीतिक कार्यशैली अपेक्षाकृत सुधार हुन नसकेकोमा उपसभामुख राना मगरको असन्तुष्टि थियो । उनले भनिन्, ‘यो व्यवस्थाले यतिका वर्ष बिते पनि देशमा समग्र सुधार हुन नसक्नु चिन्ताको विषय हो। यसमा सवैको ध्यान जानुपर्छ।’

गृहजिल्ला झापादेखि काठमाडौं फर्किने क्रममा उपसभामुख राना मगरले देश निर्माणमा सबै दल, व्यक्ति, नागरिक समाजको साझा राष्ट्रिय संकल्प खाँचो रहेको र त्यसका लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड दिइन्।–रासस 

प्रकाशित: Oct 26, 2023| 14:59 बिहीबार, कात्तिक ९, २०८०
प्रतिक्रिया दिनुहोस्