बिहीबार, वैशाख ३१, २०८३

अमिताभको संघर्ष : खाना खान पैसा थिएन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – कौन बनेगा करोडपति १० मा धेरै पटक यस्तो समय आउँछ– प्रश्न सोध्ने समयमा बलिवुड महानायक अमिताभ बच्चन आफ्नो जिन्दगीसँग जोडिएका किस्सा सुनाउँछन्। यही क्रममा अभिताभले पछिल्लो एक एपिसोडमा पुराना दिनको सम्झना गर्दै आफ्नो संघर्षपूर्ण दिनको कथा सुनाए।

कलकत्तासँग जोडिएको एक प्रसंगमा अमिताभले आफ्नो संघर्षको कथा सुनाएका हुन्। उनले भने, ‘यो त्यो समयको कुरा हो म सिने जगत्मा आउनुअघि कोलकातामा नोकरी गर्थें। त्यतिबेला मेरो तलब पाँच सय रुपैयाँ थियो। आजको समय यो रुपैयाँ एकदमै कम हो। मैले त्यहाँ एउटा कोठा बहालमा लिएको थिएँ। त्यसको मासिक भाडा तीन सय रुपैयाँ तिर्नुपथ्र्यो।’

‘कोठा भाडा तिरेपछि मसँग दुई सय रुपैयाँ मात्र बच्थ्यो। महिनाको अन्तिममा मसँग खाना खाने पैसा हुन्थेन र म पानीबतासामा निर्भर हुन्थें’, उनले भने, ‘जुन खाने कुरा केही सस्तो र स्वादिलो हुन्थ्यो।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्