शनिबार, वैशाख २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्याराग्लाइडिङपछि परराष्ट्रमन्त्री साउदले भने : पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कन्छ

प्याराग्लाइडिङपछि परराष्ट्रमन्त्री साउदले भने : पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कन्छ

 |  सोमबार, कात्तिक ६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ६, २०८०

National life

गण्डकी- परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कने बताएका छन्। पोखराको तोरीपानीबाट फेवाताल किनारमा आज प्याराग्लाइडिङ गरेपछि उनले साहसिक पर्यटनलगायतका धेरै सम्भावना बोकेको पोखराको पर्यटन व्यवसायले आगामी दिनमा गति लिने विश्वास व्यक्त गरे।
    
प्याराग्लाइडिङ पोखराको महत्त्वपूर्ण पर्यटकीय गतिविधि भएको उल्लेख गर्दै मन्त्री साउदले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडानलाई असर नपर्ने गरी पूर्ववत् सराङकोटबाटै उडान गर्न सम्बन्धित निकायमा आफ्नोतर्फबाट पहल गर्ने बताए।
    
सुरक्षा व्यवस्थालाई दृष्टिगत गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग सम्पर्क गरी मन्त्री साउद सवार प्याराग्लाइडरलाई फेवाताल किनारामा अवतरण गराइएको हवाई खेलकुद संस्था(ना) का महासचिव खेम आचार्यले जानकारी दिए। मन्त्री साउद सवार प्याराग्लाइडरको उडान पाइलट महेन्द्रबहादुर भट्टराईले गराएका थिए। 

प्रकाशित: Oct 23, 2023| 21:07 सोमबार, कात्तिक ६, २०८०
प्रतिक्रिया दिनुहोस्