आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपतिको टीका बहिष्कार गर्दै रवीन्द्र मिश्रले भने- राजाकहाँ जान्छु

राष्ट्रपतिको टीका बहिष्कार गर्दै रवीन्द्र मिश्रले भने- राजाकहाँ जान्छु

 |  सोमबार, कात्तिक ६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ६, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले यो दशैंमा राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका नलगाउन सर्वसाधारणमा अपिल गरेका छन्। साथै उनले आफू पनि शीतल निवास टीका लगाउन नजाने स्पष्ट पारेका छन्।
उनले विभिन्न पाँच तर्क प्रस्तुत गर्दै यस्तो अपिल गरेका हुन्। आफू पूर्वराजा ज्ञानेन्द्र शाहकहाँ टीका लगाउन जाने पनि उनले खुलाएका छन्।  
राष्ट्रपतिको संस्था सबैको अभिभावक हुनुपर्नेमा त्यो हुन नसकेको मिश्रको टिप्पणी छ। गणतन्त्रले ३ जना राष्ट्रपति पाइसक्दा ती सबै पार्टी, गुट र नेताका भएको तर देशका नभएको उनले आरोप लगाएका छन्।

National life

‘अब त झन् सबै पार्टीले जटिल समयमा राष्ट्रपति किन ‘आफ्नै मान्छे’ हुन पर्दोरहेछ भन्ने बुझिसकेकाले भविष्यमा यो स्थिति सुध्रिने कुनै सम्भावना छैन, ‘राष्ट्र र राज्य’ को रूपमा नेपालको क्षयीकरण चरम र भयावह स्थितिमा छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

हालै संविधान दिवसमा राष्ट्रपति पौडेलबाट कैद माफी पाएको व्यक्तिले जेलबाट मुक्त भएको केही हप्तामै घाँटी काटेर रूकुममा एक महिलाको हत्या गरेको घटना उनले उल्लेख गरेका छन्। राष्ट्रपतिले नै दिउँसै खुँडा हानी व्यक्ति हत्या गर्ने गुण्डा नाइकेलाई पनि कैद माफी गरिदिएको भन्दै उनले सजाय माफी दिएर चोख्याउन खोज्ने राष्ट्रपतिको हातमा पनि आलो रगत लतपतिएको बताएका छन्।

मिश्रले दिएका थप तीन कारण यस्ता छन्ः

– असत्यमाथि सत्यको जितको प्रतिकका रूपमा मनाइने बडादशैंको मुखमा राष्ट्रपतिले गरेको उक्त ‘पाप–कर्म’ आम–जनताबाट कसैगरी अनुमोदन हुनु हुँदैन। देश बनाउने आदर्शको कुरा गर्ने अनि देखादेख पीडितको आलो घाऊमा नुन-चुक छर्किने ?

Laxmi sunrise bank
kumari

– राष्ट्रपति पौडेलले आह्वान गरेको दसैंको टीका लगाइदिने कार्यक्रमलाई यस पटक सबै आमसर्वसाधारणले बहिष्कार गरेर उनलाई उनको ‘पाप-कर्म’ को नैतिक सजाय दिऊँ। यसले चीरकालसम्मका लागि नेपालको राजनीतिमा एउटा अर्थपूर्ण सन्देश दिनेछ।

– हामीले यस्ता किसिमका भद्र अवज्ञाहरू गर्न सकेको भए हजारौं निहत्था नेपालीको ज्यान लिने जघन्य अपराधीहरू सत्तामा पुगेर दशकौंसम्म राज्य लुट मच्चाउन पाउँदैनथे। अपराधको यो हदको सामान्यीकरण हुन पाउँदैनथ्यो। अपराधीहरू सत्तामा हैन, जेलको कालकोठरीमा हुने थिए। अनि जघन्य अपराधीलाई सेटिङमा कैदमाफी दिने हिम्मत कसैको हुँदैनथ्यो।

प्रकाशित: Oct 23, 2023| 15:37 सोमबार, कात्तिक ६, २०८०
प्रतिक्रिया दिनुहोस्