मंगलबार, असोज ७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • बुटवलमा १ हजार सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान

बुटवलमा १ हजार सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान

सरकारले २०७४ भदौदेखि केन्द्रमा सुरु गरेको ‘इम्बोस्ड नम्बर प्लेट’ जडान बुटवलस्थित यातायात कार्यालयमा गत वर्षदेखि लागू भएको हो।
 |  आइतबार, कात्तिक ५, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ५, २०८०

लुम्बिनी– बुटवलमा सवारीसाधनको अभिलेख केन्द्रीकृत गर्ने प्रणाली ‘इम्बोस्ड नम्बर प्लेट’  जडान थालिएको वर्ष दिन बितिसकेको छ। तर, यहाँका सवारीधनीमा यसप्रति खासै रुचि नभएको देखिएको छ।

Kumaribank

सरकारले २०७४ भदौदेखि केन्द्रमा सुरु गरेको ‘इम्बोस्ड नम्बर प्लेट’ जडान बुटवलस्थित यातायात कार्यालयमा गत वर्षदेखि लागू भएको हो। हालसम्म एक हजार ५२ वटा सवारी साधनमा मात्रै ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरिएको छ। 

यातायात कार्यालय बुटवलका अनुसार र हालसम्म पाँच सय १५ सरकारी मोटरसाइकल र एकसय ४६ वटा चारपांग्र्रे सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ। दुई सय ५६ वटा निजी मोटरसाइकल र एक सय १२ वटा चारपांग्रे सवारी, आठ वटा ट्रयाक्टर, भाडाका पाँच र दस वटा भारी सवारी साधनले ‘इम्बोस्ड नम्बर प्लेट’ लिएका छन्। 

केन्द्रीय यातायात व्यवस्था विभागले सबै प्रदेशमा एकैपटक बोलपत्र आह्वान गरेर नम्बर प्लेट जडान गर्न कर्मचारी खटाएको छ। यातायात कार्यालय बुटवलका प्रमुख लक्ष्मण लम्सालले ‘इम्बोस्ड नम्बर प्लेट’ जडान बापतको राजस्व पनि विभागको खातामा दाखिला हुने गरेको बताए।

निजी सवारी साधनलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिएकाले यसप्रति खासै रुचि नभएको उनको बुझाइ छ। ‘इम्बोस्ड नम्बर प्लेट’ राख्न मोटरसाइकललाई २ हजार पाँच सय, तीनपांग्रे सवारीलाई २ हजार नौ सय, चारपांग्रे सवारीलाई ३ हजार दुई सय र हेभी सवारीलाई ३ हजार ६ सय राजस्व तोकिएको छ।

Metro Mart

११ कर्मचारीले ‘इम्बोस्ड नम्बर प्लेट’सम्बन्धी सेवा प्रवाह गर्दै आएका छन्।–रासस

प्रकाशित: Oct 22, 2023| 15:05 आइतबार, कात्तिक ५, २०८०
प्रतिक्रिया दिनुहोस्