शुक्रबार, असार २६, २०८३

तीन वटा जहाज खरिद गर्न निगमले खुलायो टेन्डर

निगमले दुर्गम क्षेत्रमा उडानका लागि तीन ट्वीनअटर खरिद गर्न लागेको हो।
 |  आइतबार, कात्तिक ५, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ५, २०८०

काठमाडौं– सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेवानि)ले तीन वटा जहाज खरिदका लागि बोलपत्र आह्वान गरेको छ। दुर्गम क्षेत्रमा उडानका लागि तीन जहाज खरिदका लागि बोलपत्र आह्वान गरिएको निगमले बताएको छ। 

निगमले दुर्गम क्षेत्रमा उडानका लागि तीन ट्वीनअटर खरिद गर्न लागेको हो। ती जहाज निगमले आन्तरिक स्रोतबाट खरिद गर्नेछ। निगमसँग हाल आन्तरिक उडानतर्फ दुई वटा ट्वीनअटर जहाज छन्। निगमले इन्टरनेसल कम्पिटिटिभ बिडिङ (आईसीबी) मार्फत जहाज खरिद गर्न लागेको हो।

आइतबार पहिलोपटक प्रकाशित गरेको सूचना अनुसार ५ डिसेम्बर २०२३ सम्ममा इच्छुक कम्पनीलाई आफ्नो प्रस्ताव पेस गर्न भनिएको छ। 

प्रकाशित: Oct 22, 2023| 11:34 आइतबार, कात्तिक ५, २०८०
प्रतिक्रिया दिनुहोस्