मंगलबार, असोज ७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • पहिलोपल्ट त्रिभुवन विमानस्थल पूर्ण क्षमतामा सञ्चालन

पहिलोपल्ट त्रिभुवन विमानस्थल पूर्ण क्षमतामा सञ्चालन

दसैं सुरु भइसकेको र पर्यटकीय याम पनि भएकाले विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई उडान बढेको हो।
 |  शनिबार, कात्तिक ४, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ४, २०८०

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७३ वर्षपछि पहिलो पटक पूर्ण क्षमतामा सञ्चालनमा आएको छ। दसैं सुरु भइसकेको र पर्यटकीय याम पनि भएकाले विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई उडान बढेको हो।

Kumaribank

मुलुकको पुरानो र अति व्यस्त त्रिभुवन विमानस्थलमा पछिल्लो दुई दिनदेखि हालसम्मकै धेरै अन्तर्राष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले जनाएको छ। सामान्यतयाः दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा पछिल्ला दिनमा दैनिक दुईतर्फी एक सय १० देखि एक सय १३ उडान÷अवतरण भएको विमानस्थल कार्यालयको भनाइ छ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार दसैंको घटस्थापनायता दैनिक घटस्थापनायता हवाई उडानमार्फत १६ हजारदेखि १७ हजार हवाई यात्रु आवतजावत गरिरहेका छन्।

उनका अनुसार गत २९ असोजमा अन्तर्राष्ट्रिय उडानतर्फ एक सय १३ उडान भएका थिए, जुन एक दिनमा भएको अहिलेसम्मकै बढी उडान संख्या हो। गत ३० असोजमा एक सय १० र कात्तिक १ देखि ३ सम्म दैनिक एक सय १० भन्दा बढी अन्तर्राष्ट्रिय उडान भइरहेका छन्। 

उनले भने, ‘विमानस्थलको उडान इतिहासमा यो सबैभन्दा बढी उडान हो। चाडपर्व र पर्यटकीय सिजनले पनि अन्तर्राष्ट्रिय र आन्तरिक उडान चाप बढिरहेको छ।’

Metro Mart

अन्तर्राष्ट्रिय उडानतर्फ ‘वीन्टर सिजन’का लागि बढी उडानको माग रहेको उनले जानकारी दिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्।

प्रकाशित: Oct 21, 2023| 14:23 शनिबार, कात्तिक ४, २०८०
प्रतिक्रिया दिनुहोस्