शुक्रबार, असार २०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • एनआरएनए विवादः अध्यक्षका प्रतिस्पर्धीबाट निर्वाचन परिणाम अस्वीकार

एनआरएनए विवादः अध्यक्षका प्रतिस्पर्धीबाट निर्वाचन परिणाम अस्वीकार

अध्यक्षमा केसी निर्वाचित भएको परिणाम घोषणापछि प्रतिस्पर्धीद्वय महेश श्रेष्ठ र आर के शर्माले धाँधली भएको दाबीसहित मत परिणामलाई अस्वीकार गरेका हुन्। 
 |  शुक्रबार, कात्तिक ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ३, २०८०

vianetvianet

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा बद्री केसी निर्वाचित भएलगत्तै उत्पन्न विवाद समाधान भएको छैन।

अध्यक्षमा केसी निर्वाचित भएको परिणाम आज बिहान घोषणा भएपछि उहाँका प्रतिस्पर्धीद्वय महेश श्रेष्ठ र आर के शर्माले धाँधली भएको भन्दै उक्त मत परिणामलाई अस्वीकार गरेका हुन्। उनीहरुले आज विज्ञप्ति प्रकाशन गरी अध्यक्ष पदको परिणाम स्वीकार गर्न नसकिने बताएका छन्।

‘प्रविधिको प्रयोग गरी एनआरएनएको इतिहासमै पहिलो पटक गराइएको निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुने हामीले अपेक्षा गरेका थियौं। तर, पूर्वनियोजित रुपमा सेटिङ गरी गरिएको कथित नतिजा घोषणा हामीलाई मान्य छैन’, अध्यक्षका प्रत्यासी श्रेष्ठ र शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

अध्यक्षमा निर्वाचित केसीले १ हजार ३ सय ७८ मत प्राप्त गरेका छन्।  पराजित अध्यक्षका प्रत्यासी आर के शर्माले १ हजार दुई सय ८१ र महेश श्रेष्ठले १ हजार २ सय २५ मत प्राप्त गरेको घोषणा निर्वाचन समितिले गरेको थियो।

संघ उपाध्यक्षमा राज रेग्मी, विनोद श्रेष्ठ, हेमराज शर्मा, रोविन शेरचन, रामशरण सिंखडा, खगेन्द्र न्यौपाने निर्वाचित भएका छन् भने महासचिवमा गौरीराज जोशी, उपमहासचिवमा सोम सापकोटा र प्रवीण गुरुङ निर्वाचित भएका छन्।

उपाध्यक्ष पदका उम्मेदवार डा केशव पौडेलको मत शून्य देखाइएको भन्दै नतिजा अस्वीकार गरिएको हो। अस्ट्रेलियामा रहेको कम्पनी भेरोको अनलाइन प्रणाली ह्याक गरी धाँधली गरेको अध्यक्षका दुई प्रत्यासीको आरोप छ।

प्रकाशित: Oct 20, 2023| 16:46 शुक्रबार, कात्तिक ३, २०८०
प्रतिक्रिया दिनुहोस्