आइतबार, मंसिर २८, २०८२

सुनको मूल्य १ लाख १५ हजार नाघ्यो

 |  शुक्रबार, कात्तिक ३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ३, २०८०

काठमाडौं- दोस्रो दिन लगातार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। आज शुक्रबार सुनको मूल्य तोलामा १८०० रुपैयाँले बढेर नेपाली बजारमा हालसम्ममै उच्च बिन्दुमा पुगेको हो।

National life

आजका लागि सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार सुनको मूल्य १ लाख १३ हजार ७०० पुगेको थियो।

बुधबार सुन तोलामा १ लाख १३ हजार २०० रुपैयाँ पुगेको थियो। त्यस्तै, मंगलबार प्रतितोला १ लाख ११ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार १ लाख १२ हजार ३०० रुपैयाँ कायम थियो। आइतबार र शनिबार भने सुन प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको थियो।

 

प्रकाशित: Oct 20, 2023| 11:56 शुक्रबार, कात्तिक ३, २०८०
प्रतिक्रिया दिनुहोस्