शुक्रबार, जेठ ३०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • जमिन भासिएको स्थानका प्रभावितलाई मासिक २५ हजारसम्म घर भाडा सिफारिस 

नागढुंगा सुरुङ मार्ग

जमिन भासिएको स्थानका प्रभावितलाई मासिक २५ हजारसम्म घर भाडा सिफारिस 

सुरुङमार्ग आयोजनाले तीन महिनाभित्र विस्तृत भौगोलिक सर्वेक्षण प्रतिवेदन उपलब्ध गराएपछि प्रभावित क्षेत्र घोषणालगायत मुआब्जा र अन्य विषयमा छलफल गरिने।
 |  शुक्रबार, कात्तिक ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ३, २०८०

vianetvianet

काठमाडौं– नागढुंगा सुरुङ मार्गको पूर्वी खण्डको बस्ती नजिक जमिन भासिएको स्थानका पीडितलाई मासिक घर भाडा उपलब्ध गराइने भएको छ। चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीको पहलमा नगरस्तरीय विपद् व्यवस्थापन समितिको बिहीबारको बैठकले पीडिलाई तत्काल मासिक घर भाडा उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकले जमिन भासिएको स्थानको प्रभावित क्षेत्रका बासिन्दालाई स्थानान्तरण गर्न मासिक २० हजारदेखि २५ हजारसम्म घर भाडा व्यवस्थापन गर्न तथा थप घर प्रभावित भए सोहीअनुसार घर भाडा उपलब्ध गराउने गरी जिल्ला प्रशासन कार्यालय तथा अन्य सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको छ।

बैठकमा नगरप्रमुख  गिरीले बैठकमा तत्काल ११ घरपरिवारको विवरण संकलन भएको र उनीहरुलाई तत्काल स्थानान्तरण गरिने जानकारी गराउँदै थप प्रभावित भए सोहीअनुसार व्यवस्थापन गरिने बताएका थिए।  

उनले सुरुङमार्ग आयोजनाले तीन महिनाभित्र विस्तृत भौगोलिक सर्वेक्षण प्रतिवेदन उपलब्ध गराएपछि प्रभावित क्षेत्र घोषणालगायत मुआब्जा र अन्य विषयमा छलफल गरिने बैठकमा जानकारी गराएका थिए।

नगरप्रमुख गिरीले भने, ‘नागढुंगा सुरुङमार्गको पूर्वी खण्डको बस्ती नजिक जमिन भासिएको स्थानका  प्रभावित घरलाई तत्काल स्थानान्तरण गर्न घर भाडा उपलब्ध गर्न सिफारिस गरिएको छ। मुआब्जा र अन्य विषयमा पूर्ण भौगोलिक सर्वेक्षण प्रतिवेदनपछि थप निर्णय गरिनेछ।’

National life insurance

बैठकमा नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, नगरपालिकाको विभिन्न विषयगत समितिका संयोजक, सुरक्षा संयन्त्रका प्रतिनिधि, संघर्ष समितिका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेताका साथै निर्माण आयोजनाका प्रतिनिधि उपस्थित थिए।

राष्ट्रिय गौरवको नागढुंगा सिस्नेखोला सुरुङमार्गको मुख्य टनेल ब्रेक थ्रु अवस्थामा पुगेको छ। मुख्य सुरुङमार्गको लम्बाइ २ हजार ६ सय ८८ मिटर र आकस्मिक टनेल ‘रेस्क्यु टनेल’ २ हजार ५७५ रहेको छ। 

प्रकाशित: Oct 20, 2023| 11:32 शुक्रबार, कात्तिक ३, २०८०
प्रतिक्रिया दिनुहोस्