शनिबार, वैशाख २६, २०८३

कांग्रेसको चियापान कात्तिक ११ मा 

२०३३ मा नेता बीपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान आयोजना गर्दै आएको छ।
 |  शुक्रबार, कात्तिक ३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ३, २०८०

काठमाडौं–सत्तारुढ कांग्रेसले ११ कात्तिक कोजाग्रत पूर्णिमाका दिन चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ।

National life

२०३३ मा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष पार्टीले कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गरी शुभकामना साटासाट गर्ने परम्परा रहँदै आएको छ। 

सोही परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रम आयोजना गर्न लागेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

चियापान कार्यक्रमलाई बिपीको निधनपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले निरन्तरता दिँदै आएका थिए। सुशीलको निधनपछि देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन्।

पार्टीले यस वर्ष पनि विजया दशमी, तिहार, नेपाल संवत्, छठलगायत पर्व अवसरमा ११ कात्तिक शनिबार कोजाग्रत पूर्णिमाको दिन अपरान्ह १ः००–५ः०० बजेसम्म मुख्यालय बिपी स्मृति भवन बिपी नगर, सानेपा ललितपुरमा चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको हो।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकार मन्त्रिपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख, माननीय सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, कुटनीतिक नियोगका प्रमुख, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायी, पेसागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, कांग्रेस, नेता, कार्यकर्ता, शुभेच्छुकलगायतको सहभागिता रहने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Oct 20, 2023| 11:03 शुक्रबार, कात्तिक ३, २०८०
प्रतिक्रिया दिनुहोस्