शनिबार, वैशाख २६, २०८३

एमाले पार्टी सदस्यता लिनेको संख्या साढे पाँच लाख पुग्यो

एमाले संगठन विभागको ३० असोजको बैठकले साढे पाँच लाख पार्टी सदस्यता प्रमाणीकरण गरेको र केही प्रमाणीकरण हुने क्रममा रहेको विवरण सार्वजनिक गरेको हो।
 |  शुक्रबार, कात्तिक ३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ३, २०८०

काठमाडौं– एमालेले पार्टी सदस्य संख्या पाँच लाख पुगेको बताएको छ। एमाले संगठन विभागको ३० असोजको बैठकले साढे पाँच लाख पार्टी सदस्यता प्रमाणीकरण गरेको र केही प्रमाणीकरण हुने क्रममा रहेको विवरण सार्वजनिक गरेको हो।

National life

एमालेका अनुसार यो संख्या भारत–प्रवास र अन्तर्राष्ट्रिय कमिटी मातहतका सदस्यबाहेकको हो। एमालेले लुम्बिनीमा ८२ हजार ८९५, कोशीमा ९५ हजार १३९, कर्णालीमा ५१ हजार ७५०, बागमतीमा १ लाख ९ हजार ३३८ र गण्डकी प्रदेशमा ६३ हजार ५४७ पार्टी सदस्य रहेको जनाएको छ।

यस्तै, मधेस प्रदेशमा  ६३ हजार २०० र सुदूरपश्चिममा ५३ हजार ५०० पार्टी सदस्य संख् या पुगेको एमालेको भनाइ छ। एमालेले दसौं महाधिवेशनका बेला पार्टी सदस्यता ७ लाख ८९ हजार ६२० रहेको विवरण प्रकाशित गरेको थियो।

एमालेको नवौं महाधिवेशनमा पनि पाँच लाख ९१ हजार संगठित सदस्य रहेको बताएको थियो। दसौं महाधिवेशनका बेला केही पार्टी सदस्यको नाम दोहोरिएको, केही पार्टी सदस्यको मृत्यु भएको र केहीले पार्टी छाडेर गएकाले रुजु गर्दा संख्या घटेको एमाले दाबी छ।

एमाले साउनदेखि रोकिएको पार्टी सदस्यता स्थानान्तरण पनि खुला गरेको संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले जानकारी दिए। एमाले संगठन विभागले आगामी माघभित्र जिल्ला र पालिका तहका कमिटी र चैतभित्र वडाको अधिवेशन सक्न निर्देशन दिएको छ।

वडा कमिटी अधिवेशनका लागि फागुन र चैतमा पार्टी सदस्यता नवीकरण गरिसक्न पनि निर्देशन दिएको छ। एमालेले विभिन्न कारणले अनुशासनको कारबाहीमा परेका नेता–कार्यकर्ताको कारबाही फुकुवा गरिने जनाएको छ।

प्रकाशित: Oct 20, 2023| 10:49 शुक्रबार, कात्तिक ३, २०८०
प्रतिक्रिया दिनुहोस्