शनिबार, वैशाख २६, २०८३

एमालेको चियापान कात्तिक १४ मा 

एमालेले दसैं, तिहार, नेपाल संवत्, छठ, इद, ल्होसारलगायत पर्वको शुभकामना आदान–प्रदानका लागि चियापान गर्ने भएको हो।
 |  बिहीबार, कात्तिक २, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २, २०८०

काठमाडौं– एमालेले मेलापर्व लक्षित चियापान कार्यक्रम आगामी १४ कात्तिकमा आयोजना गर्ने भएको छ। एमालेले दसैं, तिहार, नेपाल संवत्, छठ, इद, ल्होसारलगायत पर्वको शुभकामना आदान–प्रदानका लागि चियापान गर्ने भएको हो।

National life

१४ कात्तिक दिउँसो १ बजेदेखि पार्टी मुख्यालय च्यासलमा चियापान कार्यक्रम आयोजना गरिएको उपमहासचिव विष्णु रिमालले बताए।

एमालेले प्रधानमन्त्री, मन्त्रीहरू, सांसद, राजनीतिक दलका शीर्ष नेता, नेपालस्थित कूटनीतिक नियोग, दातृ निकाय प्रमुख, उच्चपदस्थ सरकारी कर्मचारी, सुरक्षा निकायका प्रमुखलाई बोलाउने तयारी गरेको छ।

यसअघि एमालेले कोजाग्रत पूर्णिमाको भोलिपल्ट चियापान आयोजना गर्दै आएको थियो। कोरोनाका कारण एमालेले केही वर्ष चियापान गरेको थिएनन्।

प्रकाशित: Oct 19, 2023| 15:28 बिहीबार, कात्तिक २, २०८०
प्रतिक्रिया दिनुहोस्