मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्राधिकरणले भारतलाई बेच्यो साढे ११ अर्ब बढी मूल्यको बिजुली

प्राधिकरणले भारतलाई बेच्यो साढे ११ अर्ब बढी मूल्यको बिजुली

प्राधिकरणले असोजमा मात्रै ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत निर्यात गरेको छ।
 |  बिहीबार, कात्तिक २, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २, २०८०

काठमाडौं– सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरणले गत जेठदेखि असोजसम्म मसान्तसम्म भारतलाई ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् बिक्री गरेको विवरण सार्वजनिक भएको छ।

National life

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको बर्खायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री थालेको थियो। प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोज गरी तीन महिनामा उक्त मूल्यको बिजुली भारत निर्यात गरेको हो।

प्राधिकरणले असोजमा मात्रै ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत निर्यात गरेको छ। तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा रहेको प्राधिकरणले जनाएको छ।

जेठ र असारमा भारतर्फत निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ९ रुपैयाँ ६७ पैसा थियो। साउनमा २ अर्ब १४ करोड ३३ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५ लाख र असोजमा ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत भारतीय बजारमा निर्यात भएको छ।

प्रकाशित: Oct 19, 2023| 15:18 बिहीबार, कात्तिक २, २०८०
प्रतिक्रिया दिनुहोस्