शुक्रबार, असार २०, २०८२

सुनको मूल्य हालसम्मकै उच्च

आज प्रतितोला १ लाख १३ हजार ७०० मा किनबेच। गत ४ साउनमा सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा पुगेको थियो। 
 |  बिहीबार, कात्तिक २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २, २०८०

vianetvianet

काठमाडौं– सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ। आज सुन मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १३ हजार ७ सयमा कारोबार भइरहेको छ।

यो मूल्य हालसम्मकै सबैभन्दा उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार सुनको मूल्य आज प्रतितोलामा १ लाख १३ हजार ७ सय रुपैयाँ पुगेको छ। यो मूल्य नेपालमा अहिलेसम्मकै सबैभन्दा उच्च हो। 

गत ४ साउनमा सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा पुगेको थियो। बुधबार सुनको मूल्य प्रतितोला १ लाख १३ हजार २ सय थियो। 

यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख १३ हजार १५० कायम हुँदा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँ तोकिएको छ।

मध्यपूर्वमा इजरायल र हमासबीच जारी  द्वन्द्वको असर सुन मूल्यमा परेको व्यवसायी बताउँछन्।

प्रकाशित: Oct 19, 2023| 13:11 बिहीबार, कात्तिक २, २०८०
प्रतिक्रिया दिनुहोस्