शनिबार, वैशाख २६, २०८३

गगन थापाको दाबी–आगामी निर्वाचनमा गठबन्धन गरिए कांग्रेस फुट्छ

महामन्त्री थापाले कांग्रेसलाई फेरि गठबन्धनतिर लगिए पार्टी एक नरहने औंल्याएका हुन्।
 |  बिहीबार, कात्तिक २, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २, २०८०

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी २०८४ को निर्वाचनमा गठबन्धन गरे पार्टी फुट्ने दाबी गरेका छन्।

National life

आज प्रेस युनियनले आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा महामन्त्री थापाले कांग्रेसलाई फेरि गठबन्धनतिर लगिए पार्टी एक नरहने औंल्याएका हुन्।

उनले भने, ‘२०८४ को निर्वाचनमा कांग्रेस गठबन्धनमा जाने कल्पना कसैले नगरे हुन्छ। गठबन्धन गरेर जान्छु भने त्यतिबेला कांग्रेस पार्टी एक रहने कुरामा कल्पनै नगरे हुन्छ।’ निर्वाचन अगाडि गरिने गठबन्धनले प्रकारान्तरमा लोकतान्त्रिक संस्कृतिकलाई विकृत बनाउने थापाको धारणा छ।

‘हाम्रो लोकतन्त्रले जुन चरित्र, जुन विशेषता बोक्नुपर्ने हो त्यो बोक्नै सक्दैन, यसले तल जरासम्म कुहाउँछ। त्यसकारण निर्वाचन अगाडि गठबन्धन गर्ने कुरा रणनीतिक हिसाबले फाइदा बेफाइदा होला, सैद्धान्तिक हिसाबले गलत छ’, उनले भने। अर्को चुनाव आउन चार वर्ष बाँकी रहँदा पनि चुनाव हारिन्छ कि भनेर पार्टीमा रुवाबासी भइरहेको उनले बताए।

प्रकाशित: Oct 19, 2023| 12:49 बिहीबार, कात्तिक २, २०८०
प्रतिक्रिया दिनुहोस्