शनिबार, वैशाख २६, २०८३

पोखरी विवादमा थुनिए नगरप्रमुख रामलखन

वडा–६ को पोखरी ठेक्का विवादमा जनमत पार्टीका कार्यकर्तासहित स्थानीयले दिउँसो २ बजेदेखि नगरप्रमुख मलाहलाई थुनेका थिए।
 |  बिहीबार, कात्तिक २, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २, २०८०

काठमाडौं– सप्तरीको डाकनेश्वरी नगरका मेयर रामलखन मलाहलाई वडा नम्बर ६ का स्थानीयले बुधबार दिनैभर थुनेर राखे। सप्तरी प्रहरी प्रमुख गज्जुसिद्धि वज्राचार्यको टोलीले आफ्नै कार्यालयमा घेराबन्दीमा परेका मेयरलाई रेस्क्यु गरेको थियो। 

National life

वडा–६ को पोखरी ठेक्का विवादमा जनमत पार्टीका कार्यकर्तासहित स्थानीयले दिउँसो २ बजेदेखि नगरप्रमुख मलाहलाई थुनेका थिए। स्थानीयले मेयरको कार्यालय घेराउ गरेपछि सशस्त्र प्रहरीका डीएसपी र नेपाल प्रहरीका प्रहरी निरीक्षकको कमान्डमा तीन दर्जन संख्यामा सुरक्षाकर्मी परिचालन गरेपछि बल्ल स्थिति नियन्त्रणमा आएको सप्तरी प्रहरीले जनाएको छ। 

जनमत पार्टीका कार्यकर्ताले स्थानीयलाई सँगै लिएर नगरपालिका घेराउ गर्न पुगेका बेला किन समाचार लेखेको भन्दै रेडियो नेपालका पत्रकार सञ्जीवविक्रम शाहमाथि हातपातसमेत गरेका  थिए। 

सप्तरीमा यसअघि पनि जनमतका कार्यकर्ताले सरकारी कार्यालय प्रमुखमाथि अभद्र व्यवहार र कालो मोसोसमेत दल्दै आएका छन्। तर, उनीहरुमाथि प्रशासनले कारबाही गर्न सकेको छैन। जनमतका पार्टी अध्यक्ष डा सीके राउत सप्तरी  २ बाट प्रतिनिधिसभा निर्वाचित हुन्।

सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले पत्रकार कुटपिटको घटनाबारे जानकारी लिने काम भइरहेको प्रतिक्रिया दिए।

प्रकाशित: Oct 19, 2023| 11:43 बिहीबार, कात्तिक २, २०८०
प्रतिक्रिया दिनुहोस्