मंगलबार, वैशाख २९, २०८३

तीन महिनामा साढे १६ अर्बको विदेशी लगानी प्रतिबद्धता

तीन महिने अवधिमा १४४ साना, मझौला चार र तीन ठूला उद्योगमा लगानी प्रतिबद्धता आएको हो।
 |  बिहीबार, कात्तिक २, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २, २०८०

काठमाडौं– चालू आर्थिक वर्षको तीन महिना साउन, भदौ र असोज मसान्तसम्म साढे १६ अर्ब रुपैयाँको प्रत्यक्ष विदेशी लगानी (एफडिआई) प्रतिबद्धता आएको उद्योग विभागको तथ्यांकले देखाएको छ।

National life

साउनदेखि असोजसम्म १५१ परियोजनामार्फत १६ अर्ब ६० करोड ४३ लाख लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्यांकमा उल्लेख छ। विभागका अनुसार असोजमा मात्र ४० परियोजनामार्फत १ अर्ब ९८ करोड ७३ लाख लगानी प्रतिबद्धता आएको छ। यो अवधिमा १४४ साना, मझौला चार र तीन ठूला उद्योगमा लगानी प्रतिबद्धता आएको हो।

सबैभन्दा धेरै सेवा र पर्यटन क्षेत्रमा बढी लगानी प्रतिबद्धता आएको छ। विदेशी लगानी प्रतिबद्धता सूचना प्रविधि, उत्पादनमूलक, ऊर्जा, कृषि तथा खानीजन्य क्षेत्रमा आउने गरेको विभागको विवरण उल्लेख छ।

अघिल्लो भदौमा मात्र ५१ वटा परियोजनामार्फत २ अर्ब ७२ करोड २४ लाख रुपैयाँको प्रतिबद्धता आएको थियो। गत साउनमा ६० उद्योगमार्फत ११ अर्ब ९३ करोड १८ लाख ३० हजार लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

नेपालमा सुरुदेखि हालसम्म ६ हजार १० परियोजनमार्फत ४ खर्ब ६६ अर्ब ५७ करोड ३२ लाख २४ हजार विदेशी लगानी प्रतिबद्धता आएको छ। नेपालमा लगानी प्रतिबद्धताको ३० देखि ३५ प्रतिशत रकम मात्रै भित्रिने विभागको तथ्यांक छ। 

सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अनुसार स्वचालित मार्गबाट ५० करोडसम्म विदेशी लगानी नेपालमा ल्याएर उद्योग व्यवसायमा गर्न सक्ने व्यवस्था गरेको छ।

प्रकाशित: Oct 19, 2023| 11:06 बिहीबार, कात्तिक २, २०८०
प्रतिक्रिया दिनुहोस्