सोमबार, जेठ ११, २०८३

यसरी तयार हुन्छ रोटे पिङ [भिडियो]

रोटे पिङःले गाउँमा रौनक ल्याएको छ।
 |  बिहीबार, कात्तिक २, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २, २०८०

विगतमा ग्रामीण क्षेत्रहरुमा लोकप्रिय रोटे पिङ आजभोलि खासै देखिँदैनन्। सहरीकरण र गाउँमा युवा नहुँदा रोटे पिङ लोप हुने खतरामा पुगिसकेको छ।

National life

यसैबीच भोजपुर नगरपालिका-१ डाँडाबोखिममा स्थानीयले रोटे पिङ हालेका छन्।

वडाध्यक्ष जिरामनि राईको अग्रसरतामा पिङ हालिएको हो। 'गाउँमा रोटे पिङ नहालेको २८-३० वर्ष भइसकेको थियो। संस्कृति संरक्षण गर्नुपर्छ भनेर सबै गाउँले मिलेर पिङ हालेका हौं,' वडाध्यक्ष राईले भने, 'दशैंमा नयाँ लुगा लगाई मासुभात खाँदै रोटे पिङ खेल्दाको मजा नै छुट्टै हुन्छ। रोटे पिङले गाउँमा रौनक ल्याएको छ।'

राईका अनुसार अहिले रोटे पिङ हाल्ने सीप भएको मान्छे पाउन  पनि मुस्किल छ। 'सीप भएको एक जना हुनुहुँदो रहेछ गाउँमा। उहाँसँग सल्लाह गरेर सबै गाउँलेहरुलाई सहभागी गराई पिङ हालिएको हो। सबैले तीन दिन श्रमदान गर्नुभयो। सामाजिक काममा सबै जुट्नुपर्छ भन्ने राम्रो सन्देश गएको छ,' उनले भने।

वडाध्यक्ष राईका अनुसार रोटे पिङ सखुवा (साल) को काठ प्रयोग गरिएको छ र यो निकै मजबुत हुन्छ। यो पिङ ८-१० वर्ष टिक्छ। दसै‌ंतिहार सकिएपछि निकालेर सुरक्षित स्थानमा राखिन्छ र अर्को वर्ष हालिन्छ। चाखलाग्दो कुरा त के छ भने रोटे पिङ बनाउन कुनै किलाकाँटी प्रयोग गरिँदैन। साना-ठूला फलेक प्वाल पारेर पंखा, बलो तथा सिटहरु तयार गरिन्छ। रोटे पिङ एकै पटकमा १० जनासम्म खेल्न मिल्छ। 

Shivam cement

पिङ तयार भएपछि विधिपूर्वक पूजाआजा गरेर कन्यालाई खेलाई उद्घाटन गरिएको थियो।

प्रकाशित: Oct 19, 2023| 11:30 बिहीबार, कात्तिक २, २०८०
प्रतिक्रिया दिनुहोस्