शुक्रबार, जेठ २९, २०८३

हमासले हस्तान्तरण गरेको शव विपीनको भएको पुष्टि

 |  मंगलबार, असोज २८, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २८, २०८२

National life

काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासद्वारा सोमबार साँझ हस्तान्तरित दुईमध्ये एक शव नेपाली विद्यार्थी विपीन जोशीको रहेको पुष्टि भएको छ। डीएनए परीक्षणबाट उक्त शव विपीनको भएको खुलेको इजरायली मिडिया द जेरुसेलम पोस्टले उल्लेख गरेको छ।

सन् २०२३ अक्टोबर ७ मा हमासले बन्धक बनाएका विपीनको शव सोमबार साँझ हमासले अन्तर्राष्ट्रिय रेडक्रसलाई बुझाएको थियो। रेडक्रसले शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो।

शव प्राप्त गरेपछि इजरायली सेनाले नेसनल इन्स्टिच्युट अफ फरेन्सिक मेडिसिनबाट डीएनए परीक्षण गराएको थियो। डीएनए परीक्षण गराउँदा उक्त शव विपीन रहेको खुलेको हो। यसबारे इजरायली सेनाले विपीनको परिवारलाई जानकारी दिइसकेको र शव बुझ्न अनुरोध गरेको द जेरुसेलम पोस्टले जनाएको छ।

Shivam cement

प्रकाशित: Oct 14, 2025| 17:18 मंगलबार, असोज २८, २०८२
प्रतिक्रिया दिनुहोस्