शुक्रबार, असार २६, २०८३

भारतले हटायो चामल निर्यात प्रतिबन्ध

भारतले निर्यात प्रतिबन्ध फुकुवा गरेसँगै नेपालले ९५ हजार मेट्रिक टन चामल आयात गर्ने बाटो खुलेको हो।
 |  बुधबार, कात्तिक १, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १, २०८०

काठमाडौं– भारत सरकारको वाणिज्य विभागले  नेपालसहित ७ मुलुकका लागि चामल निर्यात प्रतिबन्ध फुकुवा गरिएको जनाएको छ। भारतले निर्यात प्रतिबन्ध फुकुवा गरेसँगै नेपालले ९५ हजार मेट्रिक टन चामल आयात गर्ने बाटो खुलेको हो।

भारतीय वाणिज्य विभागको सूचीमा चामल निर्यात प्रतिबन्ध फुकुवा भएको क्यामरुनलाई १ लाख ९० हजार मेट्रिक टन, मलेसियालाई १ लाख ७० हजार मेट्रिक टन, फिलिपिन्सलाई २ लाख ९५ हजार चामल निर्यात हुनेछ। 

कोटे डी’ओइभोर, रिपब्लिक अफ गिनी र सिसेल्समा पनि भारतले चामल निर्यात खुलाएको छ। भारतले यसअघि आन्तरिक उत्पादनमा गिरावट आएको विभिन्न मुलुक लक्षित निर्यातमा प्रतिबन्ध जारी गरेको थियो। 

प्रकाशित: Oct 18, 2023| 15:40 बुधबार, कात्तिक १, २०८०
प्रतिक्रिया दिनुहोस्