मंगलबार, असोज ७, २०८२

एकै दिन प्रतितोला १३ सयले बढ्यो सुन मूल्य 

३० असोजमा प्रतितोला १ लाख ११ हजार ९ सयमा कारोबार भएको छापावाला सुनको मूल्य १ कात्तिक अर्थात् आज एकै दिन १३ सयले बढेर १ लाख १३ हजार २ सय रुपैयाँ पुगेको हो। 
 |  बुधबार, कात्तिक १, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १, २०८०

काठमाडौं–आज नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा १३ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ।

Kumaribank

आज छापावाल सुनको मूल्य १ लाख १३ हजार २ सय, तेजाबी सुनको मूल्य १ लाख १२ हजार ६५० र चाँदीको मूल्य १४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

मंगलबार छापावाल सुन १ लाख ११ हजार ९ सय र तेजावी सुन मूल्य प्रतितोला १ लाख ११ हजार ३५० रुपैयाँमा खरिद बिक्री भएको थियो। यस्तै, चाँदी १३७५ रुपैयाँ प्रतितोलामा खरिद बिक्री भएको थियो।

कात्तिकको पहिलो दिन आज सुनको मूल्य बढेको हो। असोज मसान्त अर्थात् ३० असोजमा  प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य  १ कात्तिकमा एकै दिन १३ सयले बढेर १ लाख १३ हजार २ सय रुपैयाँ पुगेको हो।

प्रकाशित: Oct 18, 2023| 14:00 बुधबार, कात्तिक १, २०८०
प्रतिक्रिया दिनुहोस्