बिहीबार, जेठ २९, २०८२

कोशीमा स्थिर सरकार बन्यो: मुख्यमन्त्री कार्की

 |  बुधबार, कात्तिक १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १, २०८०

vianetvianet
National life insurance

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा स्थिर र गतिशील सरकारको खाँचो पूरा भएको बताएका छन्। प्रदेश सभाको बैठकमा विश्वासको मतको प्रस्ताव राख्ने क्रममा उनले राजनीतिक परिस्थितिले आफू मुख्यमन्त्री बन्न पुगेको बताए।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको सरकारको मुख्यमन्त्रीका रुपमा प्रदेश सभामा विश्वासको मतका लागि बुधबार प्रस्ताव राख्दै कार्कीले सबै राजनीतिक दल मिलेर जानुपर्ने बताए। उनले भने, 'यो राजनीतिक परिस्थितिले अहिलेको जिम्मेवारी प्राप्त हुन गएको छ। यो जिम्मेवारी मात्रै नभई प्रदेशको समग्र विकास र आर्थिक रुपान्तरणको दायित्व पनि हो। त्यसका लागि प्रदेशमा स्थिर र गतिशील सरकारको खाँचो पूरा भएको छ। प्रदेश सभा विघटन र मध्यावधि निर्वाचनमा जानु हुनेछैन भन्ने विश्वास प्रकट गर्दछु।'

प्रदेशमा हुने कामका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने र सुशासन तथा संघीयताको औचित्य पुष्टि गर्न सबै एकजुट भएर जानुपर्ने उनको भनाइ थियो। सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिनका लागि उनले आह्वान गरे। त्यसका लागि सांसदहरू स्वतन्त्र रहेको पनि उनको भनाइ थियो।

प्रकाशित: Oct 18, 2023| 13:40 बुधबार, कात्तिक १, २०८०
प्रतिक्रिया दिनुहोस्