मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इसेवाबाट चाडपर्वको समयमा कारोबार गर्दा मोटरसाइकल जित्न सकिने

इसेवाबाट चाडपर्वको समयमा कारोबार गर्दा मोटरसाइकल जित्न सकिने

 |  बुधबार, कात्तिक १, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १, २०८०

इसेवाले दसैंतिहारलाई मध्यनजर गर्दै ‘इसेवा डिजिटल उत्सव’ हर्ष अझै बढ्छ अफर सार्वजनिक गरेको छ। जसअन्तर्गत ३७.९९ रूपैयाँ खेल खेल्दा ३ लाख ७९ हजार ९०० रुपैयाँ मूल्यको यामाहा मोटरसाइकल जित्न सकिने इसेवाले जनाएको छ।

National life

यसैगरी इसेवामार्फत ३७.९९ रूपैयाँ खेलबाहेक कुनै पनि दुईवटा भिन्न कारोबार गर्दा  दुई जनाले यामाहाको मोटरसाइकल जित्न सक्नेछन्। इसेवा डिजिटल उत्सव अफरअन्तर्गत नै इसेवाबाट मोबाइल नम्बर प्रयोग गरी सिधै बैंक खातामा पैसा पठाउँदा १ भाग्यशाली जोडीले दुबई टुर प्याकेज पनि पाउनेछन्।

साथमा कात्तिक १ गते इसेवा केअर किन्दा भाग्यशाली १ जनाले १०० गुणा क्यासब्याक पाउने अफर पनि राखेको छ। त्यसैगरी, इसेवाबाट जहाजको आन्तरिक उडानको टिकट काट्दा भाग्यशाली ५ जनाले जोडीका लागि होटलको स्टेकेसन प्याकेज तथा १ जनाले रियल मी पाउने कम्पनीले जनाएको छ।

साथै, इसेवाबाट इन्टरनेट तथा टिभीको बिल भुक्तानी गर्नेले ३०० रुपैयाँसम्मको क्यासब्याक तथा सिजी डिजिटलको टिभीसमेत जित्न सक्नेछन्। बसको टिकट काट्ने वा होटल बुक गर्ने प्रयोगकर्ताले चितवन तथा पोखरामा ३ दिन २ रातको स्टेकेसन पनि जित्न सक्नेछन्।

इसेवामा आबद्ध व्यवसायीले सेमत ग्राहकमार्फत क्यूआर भुक्तानी लिँदा वासिङ मेसिन, एयर फ्रायर, स्यान्डविच मेकरलगायत उपहार जित्न सक्नेछन्। त्यसै गरी, अनलाइन कारोबारका लागि इसेवाबाट भुक्तानी गर्नेले बिनब्याग जित्न सक्नेछन्।

विदेशबाट इसेवा मनि ट्रान्सफरको साझेदारमार्फत इसेवा वालेटमा ५ हजारभन्दा बढीको भुक्तानी पाउने सबैले टप-अप, इन्टरनेट, होटेल, एयरलाइन्स तथा इसेवा केयर प्याकेज खरिदमा पक्का क्यासब्याकका लागि प्रोमो कोड प्राप्त गर्नेछन्।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइलमार्फत ७८ लाख बढी ग्राहकले लिइरहेका छन्। यसैगरी देशभर रहेका दुई लाखभन्दा बढी एजेन्टमार्फत अप्रत्यक्ष रुपमा डेढ करोडभन्दा बढी जनसंख्याले सेवा लिइरहेका छन्।

प्रकाशित: Oct 18, 2023| 13:26 बुधबार, कात्तिक १, २०८०
प्रतिक्रिया दिनुहोस्