काठमाडौं– काठमाडौं महानगरले महानगर प्रहरी प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षकमा राजुनाथ पाण्डेलाई बढुवा गरेको छ।
महानगरले प्रहरी ऐन, २०८० को व्यवस्थाअनुसार नगर कार्यपालिका बैठकले प्रहरी उपरीक्षक पाण्डेलाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गरेको महानगर सुशासन समितिका संयोजक ख्यामराज तिवारीले जानकारी दिए।
महानगरको नगर प्रहरी ऐनमा नगर प्रहरी प्रमुखमा एसएसपी हुने व्यवस्था थियो। यसअघि महानगर प्रहरीमा प्रहरी उपरीक्षकसम्मको दर्जा रहे पनि प्रहरी वरिष्ठ उपरीक्षकको दर्जा सिर्जना गरी पाण्डेलाई बढुवा गरिएको हो।
२०५० मा प्रहरी नायब निरीक्षकबाट सेवा प्रवेश गरेका पाण्डेलाई यसअघि पनि महानगरले प्रमुखको जिम्मेवारी दिएको थियो। यसअघि काठमाडौं महानगरमा पाँच प्रहरी उपरीक्षक दरबन्दी थियो। हाल महानगर प्रहरीमा ३ सय हाराहारी जनशक्ति छन्।