बिहीबार, जेठ २९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कोशीका मुख्यमन्त्री कार्कीलाई कांग्रेसका सबै सांसदले विश्वासको मत दिने

कोशीका मुख्यमन्त्री कार्कीलाई कांग्रेसका सबै सांसदले विश्वासको मत दिने

 |  बुधबार, कात्तिक १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १, २०८०

vianetvianet

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरेको छ। पार्टीका सबै सांसदले कार्कीलाई विश्वासको मत दिने भएका हुन्।

आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची छ।

हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची तय गरेको छ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपाली कांग्रेसको शेखर कोइराला समूहका कार्की नेकपा एमालेका प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

उनलाई एमालेसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि विश्वासको मत दिने निर्णय गरिसकेका छन्। राप्रपा र जसपाले भने विश्वासको मत दिने कि नदिने भनेर निर्णय गर्न बाँकी छ।

National life insurance

कार्कीलाई मुख्यमन्त्री बनाउन सघाएको एमालेले पाँच मन्त्रालयमा दाबी गरेको छ। यसैगरी मन्त्रिपरिषदमा केन्द्रको सत्ता गठबन्धन सहभागी भए आफू बाहिरिने एमालेले बताएको छ।

प्रकाशित: Oct 18, 2023| 10:03 बुधबार, कात्तिक १, २०८०
प्रतिक्रिया दिनुहोस्