शनिबार, वैशाख २६, २०८३

विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की

 |  बुधबार, कात्तिक १, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज बुधबार विश्वासको मत लिँदैछन्। आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची छ।

National life

हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची तय गरेको छ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपाली कांग्रेसको शेखर कोइराला समूहका कार्की नेकपा एमालेका प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

उनलाई एमालेसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि विश्वासको मत दिने निर्णय गरिसकेका छन्। राप्रपा र जसपाले भने विश्वासको मत दिने कि नदिने भनेर निर्णय गर्न बाँकी छ।

कार्कीलाई मुख्यमन्त्री बनाउन सघाएको एमालेले पाँच मन्त्रालयमा दाबी गरेको छ। यसैगरी मन्त्रिपरिषदमा केन्द्रको सत्ता गठबन्धन सहभागी भए आफू बाहिरिने एमालेले बताएको छ।
 

प्रकाशित: Oct 18, 2023| 07:08 बुधबार, कात्तिक १, २०८०
प्रतिक्रिया दिनुहोस्