मंगलबार, वैशाख २९, २०८३

मूल्यवृद्धि ८.१९ प्रतिशत पुग्यो, सरकारी अनुमान गलत

सरकारले चालू आवमा मूल्यवृद्धिको सीमा साढे ६ प्रतिशतमा राखिने लक्ष्य लिए पनि दुई महिनामै मूल्यवृद्धिले काट्यो सीमा।
 |  मंगलबार, असोज ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ३०, २०८०

काठमाडौं– सरकारले चालू आर्थिक वर्षमा मूल्यवृद्धि साढे ६ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखे पनि साउन र भदौमै सीमा नाघेको छ।  आज नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विवरणमा यस्तो देखिएको हो।

National life

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक अवस्थाको स्थितिअनुसार गत भदौ मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ८.१९ प्रतिशत पुगेको छ।

राष्ट्र बैंकको गत भदौ मसान्तसम्मको तथ्यांकअनुसार मरमसलामा ४५.४६ प्रतिशतसम्म मूल्यवृद्धि देखिएको छ। त्यस्तै, चिनी तथा चिनीजन्य वस्तुमा १७.८६, तरकारीमा १४.५१, खाद्य तथा खाद्यजन्य पदार्थमा १३.३८ र दुग्ध पदार्थ तथा अण्डामा १२.६० प्रतिशत मूल्य बढेको छ। यो अवधिमा घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक भने १३.०८ प्रतिशतले घटेको छ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.५५, विविध वस्तु तथा सेवा १२.२१ प्रतिशत, शिक्षा क्षेत्रमा ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुमा ८.११ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणमा  ६.५९ प्रतिशतले मूल्य बढेको छ।

भदौ मसान्तसम्ममा यातायात क्षेत्रको मुद्रास्फीति शून्य.१८ प्रतिशतले घटेको छ। यो अवधिमा काठमाडौंँ उपत्यकाको मुद्रास्फीति ९.८३ प्रतिशत, तराईको ७.०३ प्रतिशत, पहाडको ८.०९ प्रतिशत र हिमालको ११ दशमलव ३२ प्रतिशत रहेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ।

प्रकाशित: Oct 17, 2023| 14:44 मंगलबार, असोज ३०, २०८०
प्रतिक्रिया दिनुहोस्