मंगलबार, भदौ २३, २०८३

दुई महिनामै भित्रियो करिब साढे २ खर्ब रेमिट्यान्स

राष्ट्र बैंकका अनुसार साउन र भदौमा २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २२.१ प्रतिशत बढी हो। 
 |  मंगलबार, असोज ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ३०, २०८०

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष  २०८०/८१ को पहिलो दुई महिना साउन र भदौमा साढे २ खर्ब ३७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको विवरण सार्वजनिक गरेको छ। आज राष्ट्र बैंकले चालू वर्षको दुई महिने आर्थिक विवरण सार्वजनिक गर्दै बाह्य क्षेत्रमा निकै सुधार आएको जनाएको छ।

राष्ट्र बैंकका अनुसार साउन र भदौमा २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २२.१ प्रतिशत बढी हो। अघिल्लो आवको पहिलो दुई महिनामा १९.८ प्रतिशतले बढेको रेमिट्यान्स यस वर्ष झनै बढ्ने देखिएको हो।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले बढेर १ अर्ब ७३ करोड डलर पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ।
चालू आवको दुई महिनामा विदेश रोजगारीमा जाने नेपालीको संख्यामा गिरावट आएको छ।

साउन र भदौमा संस्थागत र व्यक्तिगत नयाँ श्रम स्वीकृति लिनको संख्या ७४ हजार ४५५ जना रहेका छ। पुनः श्रम स्वीकृति लिनेको संख्या ३२ हजार ४ सय छन्। यो अघिल्लो आवको यसै अवधिको तुलनामा क्रमशः २८.३ र १८.३ प्रतिशतले कम हो।

प्रकाशित: Oct 17, 2023| 14:11 मंगलबार, असोज ३०, २०८०
प्रतिक्रिया दिनुहोस्