नेकपा (एमाले) त्याग गरेकी रिनाकुमारी साहको मेयर पद गुमेको छ। उनी २०७९ वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार भई रौतहटको मौलापुर नगरपालिकाको मेयर पदमा निर्वाचित भएकी थिइन्।
उनी एमाले छाडेर पति प्रभु साहको आम जनता पार्टी प्रवेश गरेकी थिइन् र एमालेले दल त्यागको जानकारी निर्वाचन आयोगलाई गराएको थियो।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ अनुसार साहले दल त्याग गरेकाले मेयर पद रिक्त भएको सूचना आयोगले मंगलबार निकालेको हो।
_page-0003-1697526992.jpg?timestamp=1697526993127)