बुधबार, जेठ २८, २०८२

आजदेखि काठमाडौंमा विश्वभरका एनआरएनएहरुको जमघट

पहिलो पटक ‘फेसियल भेरिफिकेसन’ मार्फत अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा ५९ देशका ४ हजार २२७ महाधिवेशन प्रतिनिधिले भाग लिनेछन् ।
 |  मंगलबार, असोज ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ३०, २०८०

vianetvianet

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलन एवं ११औं अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि सुरु भएको छ।।

आगामी ३ कात्तिकसम्म सञ्चालन हुने महाधिवेशनको पहिलो दिन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरे।भने अन्तिम दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट समापन हुने संघले जनाएको छ। एनआरएनएले ११औं महाधिवेशनलाई २०औं वर्षगाँठ अवसरका रूपमा समेत मनाउँदै छ।

सरकार, निजी क्षेत्र र एनआरएनएको संयुक्त आयोजनामा ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नारा र ‘ज्ञान र रुपान्तरण समृद्धिको आधार’ विषयमा केन्द्रित गैरआवासीय ११औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो विश्व ज्ञान सम्मेलन आयोजना हुन लागेको हो।

सम्मेलन अवसरमा आज र १ कात्तिकमा विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोष एवं नागरिकता ऐन तथा मताधिकार सम्बन्धमा विशेष सत्रको आयोजना गरिनेछ।

यसैगरी २ कात्तिकमा एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने एनआरएनएका प्रवक्ता सोम सापकोटाले बताए।
उनका अनुसार पहिलो पटक ‘फेसियल भेरिफिकेसन’ मार्फत अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा ५९ देशका ४ हजार २२७ महाधिवेशन प्रतिनिधिले भाग लिनेछन्।

National life insurance

संसारको जुनसुकै स्थानमा बसेर सजिलै मतदानमा भाग लिन सकिने व्यवस्था मिलाइएको तथा नेपालमा आएका मतदाताका लागि सम्मेलन स्थलमै अनलाइन भोटिङको व्यवस्था गरिएको प्रवक्ता सापकोटाले जानकारी दिए।

एनआरएनए अध्यक्ष पदका लागि चार आकांक्षीले प्रतिस्पर्धा गर्दै छन्। महाधिवेशनमा अध्यक्षद्वय बद्री केसी र रविना थापा, उपाध्यक्षद्वय महेश श्रेष्ठ र आरके शर्माले अध्यक्षमा उम्मेदवारी मनोनयन गराएको एनआरएनए सचिवालयले जनाएको छ।

महाधिवेशनमा ७४ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीका लागि निर्वाचन हुनेछ । ११ अक्टोबर २००३ काठमाडौंमा पहिलो विश्व सम्मेलन आयोजना गरी एनआरएनए स्थापना गरिएको हो।

संस्थाले विश्वभरका करिब १ लाख नेपालीलाई संगठित गरी हाल विश्वका ८६ देशमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ। पछिल्लो दुई दशक अवधिमा विदेशमा बस्ने नेपालीमार्फत करिब १ खर्ब लगानी नेपाल भित्रिएको संघको अनुमान छ। 

पहिलोपल्ट एनआरएनएलाई नेपालीलाई नागरिकता
सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ (एनआरएनए)का कार्यकारी अध्यक्ष बद्री केसी र अध्यक्ष कुल आचार्यलाई गैरआवासीय नागरिकता प्रदान गरे।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले २९ असोजमा कार्यकारी अध्यक्ष केसी र जिल्ला प्रशासन कार्यालय पर्वतले २८ असोजमा अध्यक्ष आचार्यका नाममा नागरिकता जारी गरेको थियो। ती नागरिकता दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए।

नेपालको संविधानको धारा १४ मा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सकिने व्यवस्था छ। विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको साविकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने संवैधानिक व्यवस्था छ।

संविधान जारी भएको लामो समयपछि सरकारले नेपाल नागरिकता ऐन, २०६३ संशोधन गरी गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नागरिकता प्रदान गर्ने व्यवस्था मिलाएको थियो।

७७ वटै जिल्लाबाट गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था मिलाइएको गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले जानकारी दिए। गैरआवासीय नेपाली नागरिकताका लागि आजदेखि गैरआवासीय नेपालीले आवेदन दिन सक्नेछन्। 

आगामी १ कात्तिकदेखि सबै जिल्ला प्रशासन कार्यालयबाट गैरआवासीय नागरिकता वितरण गरिने उनले बताए। गैरआवासीय नेपालीले लामो समयदेखि नेपाली नागरिकता माग गर्दै आएका थिए।

प्रकाशित: Oct 17, 2023| 10:53 मंगलबार, असोज ३०, २०८०
प्रतिक्रिया दिनुहोस्