बुधबार, असार ३१, २०८३

कोशीका मुख्यमन्त्री कार्कीलाई माओवादीले विश्वासको मत दिने

 |  सोमबार, असोज २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २९, २०८०

नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ। आज बसेको माओवादी केन्द्र प्रदेश सचिवालयको बैठकले पार्टी केन्द्रीय कमिटीको सहमति लिएर विश्वासको मत दिने निर्णय गरेको हो।

शनिबार मुख्यमन्त्री बनेका कार्कीले बुधबार विश्वासको मत लिँदैछन्। नेकपा एमालेका ३९ र नेपाली कांग्रेस विद्रोही समूहका ८ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रकाशित: Oct 16, 2023| 15:42 सोमबार, असोज २९, २०८०
प्रतिक्रिया दिनुहोस्