शनिबार, वैशाख २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • यमबहादुरलाई भावी प्रधानसेनापति बनाउने कुरा हल्ला मात्रै: रक्षामन्त्री खड्का

यमबहादुरलाई भावी प्रधानसेनापति बनाउने कुरा हल्ला मात्रै: रक्षामन्त्री खड्का

हाल नेपाली सेनाको सहायक रथी रहेका यमबहादुरको फेरि म्याद थपिएपछि रक्षामन्त्री पूर्णबहादुर खड्काको विरोध भइरहेको छ।
 |  सोमबार, असोज २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २९, २०८०

काठमाडौं– तत्कालीन माओवादी र सरकारबीचको शान्ति सम्झौतापछि नेपाली सेनाको उपल्लो दर्जामा समायोजन भएका यमबहादुर अधिकारी यतिबेला चर्चामा छन्।हाल नेपाली सेनाको सहायक रथी रहेका यमबहादुरको फेरि म्याद थपिएपछि रक्षामन्त्री पूर्णबहादुर खड्काको विरोध भइरहेको छ।

National life

तर, रक्षामन्त्री खड्काले हाल सेनामा रथी रहेका यमबहादुरलाई भावी प्रधानसेनापति बनाउने सन्दर्भ जोडेर गलत प्रचार गरिएको बताएका छन्।

आज काठमाडौंमा आयोजित पत्रकार महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्थाअनुसार मात्रै सहायक रथी अधिकारीलाई तीन वर्ष पदावधि थपिएको स्पष्ट पारेका हुन्। 

उनले भने, ‘अहिले केही सञ्चार माध्यममा गलत सूचना प्रेसित गरेर माओवादीका पूर्वलडाकुसमेत रहेका अधिकारीलाई नेपाली सेनाको भावी प्रधानसेनापति बनाइने चर्चा चलाइएको छ। यो सरासर झुट हो।’

सेनाको  सहायक रथीको बढुवाको सन्दर्भ जोडेर र म्याद थपको विषयलाई लिएर आफूमाथि आरोप लगाइएको उनको गुनासो छ। ‘यमबहादुरलाई २०७६ को सरकारले अतिरिक्त सहायक रथीको पद सिर्जना गरेर बढुवा गरेको थियो। सहायक रथीको पदावधि सात वर्षको हुन्छ। नेपाली सेनाको नियम प्रक्रियाअनुसार चार वर्ष पुग्दा हामी सरकारमा गयौं। उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्थाअनुसार अहिले म्याद थपिएको हो’, उनले भने।

सेनामा बढुवा गरिँदा सैनिक बोर्डले सम्बन्धित अधिकृतको आफ्नो कार्यकालको भूमिका प्रभावकारिताको मूल्यांकन गरी बढुवाका लागि सिफारिस गर्ने उनले बताए।

प्रधानसेनापतिले सिफारिसको आधारमा रक्षा मन्त्रालयमा सिफारिस पठाउने र त्यसपछि मन्त्रिपरिषद्मा गएर एक पटकलाई पदावधि थपिने प्रचलनअनुसार यमप्रसादको अहिले तीन वर्षका लागि म्याद थपिएको उनले स्पष्ट पारे।

प्रकाशित: Oct 16, 2023| 13:59 सोमबार, असोज २९, २०८०
प्रतिक्रिया दिनुहोस्