शनिबार, वैशाख २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस, एमालेहरूलाई पुस्तालक्षित राजनीति गर्न रवि लामिछानेको सुझाव

कांग्रेस, एमालेहरूलाई पुस्तालक्षित राजनीति गर्न रवि लामिछानेको सुझाव

पुराना राजनीतिक दलहरुमा अझै राणा शासन कायम रहेकाले देशले व्यवस्था बदले पनि  दलभित्रको आन्तरिक लोकतन्त्र नहुँदा समस्या देखिएको लामिछानेको दाबी।
 |  सोमबार, असोज २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २९, २०८०

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले पुराना राजनीतिक दलहरुलाई चुनाव लक्षित नभई पुस्तालाई जिम्मेवारी हस्तान्तरणको राजनीति गर्न सुझाव दिएका छन्।

National life

आजबाट सुरु भएको पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै नेता लामिछानेले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नभई एउटा पुस्ताबाट अर्को पुस्तामा लक्षित हुनुपर्ने बताएका हुन्।

पुराना राजनीतिक दलका विचार, अभिव्यक्ति स्पष्ट नआउँदा रास्वपासमेत अनुमानको घेरामा परेको उनले सुनाए। उनले भने, ‘यो परिवर्तनमा सारा जीवन बिताएका नेताहरुप्रति कहिलेकाहीँ विषय केन्द्रित कटाक्ष गरे पनि मुलुकको परिवर्तनमा उनीहरुले दिएको योगदानलाई अवमूल्यन गर्ने आँट, साहस र योजना छैन।’

रास्वपाले परिवर्तनलाई अवमूल्यन नगर्ने उनले स्पष्ट पारे। रास्वपा नयाँ पार्टी भएकाले सिक्दै र बुझ्दै जाने प्रयासमा रहेको उनको भनाइ छ।

पुराना राजनीतिक दलहरुमा अझै राणा शासन कायम रहेकाले देशले व्यवस्था बदले पनि राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र नहुँदा समस्या आएको उनले दाबी गरे।
 

प्रकाशित: Oct 16, 2023| 12:32 सोमबार, असोज २९, २०८०
प्रतिक्रिया दिनुहोस्