शनिबार, वैशाख २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए शपथ, एमाले र कांग्रेसका एक-एक मन्त्री

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए शपथ, एमाले र कांग्रेसका एक-एक मन्त्री

 |  आइतबार, असोज २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २८, २०८०

National life

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीलाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन्। 

मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रिमण्डल पनि गठन गरेका छन्। मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङले रामबहादुर रानामगर र शम्शेर राईलाई बिनाविभागीय मन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता रामकुमार श्रेष्ठले जानकारी दिए। रानामगर नेकपा एमाले र राई नेपाली कांग्रेसका तर्फबाट मन्त्रिमण्डलमा सहभागी भएका हुन्।

66666-1697370015.jpg

प्रकाशित: Oct 15, 2023| 17:25 आइतबार, असोज २८, २०८०
प्रतिक्रिया दिनुहोस्