बुधबार, असार ३१, २०८३

ओलीलाई भेट्न कोशीका मुख्यमन्त्री कार्की बालकोटमा

 |  आइतबार, असोज २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २८, २०८०

काठमाडौं- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन्। एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री भएको भोलिपल्ट उनी ओलीलाई भेट्न पुगेका हुन्। ​

शनिबार काठमाडौं आएका कार्कीले हिजै कांग्रेस नेता शेखर कोइरालालाई भेटेका थिए। एमालेको सहयोगमा संविधानको धारा १६८ (५) अन्तर्गत उनी कोशीको मुख्यमन्त्री नियुक्त भएका हुन्। कांग्रेसबाट विद्रोह गरेका कार्कीले आफ्नो शपथसँगै नेकपा एमालेबाट एक र आफूलाई साथ दिएका एक जना कांग्रेस सांसदलाई आजै मन्त्री नियुक्ति गर्ने तयारी पनि गरेका छन्।

प्रकाशित: Oct 15, 2023| 11:15 आइतबार, असोज २८, २०८०
प्रतिक्रिया दिनुहोस्