सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। आज दिउँसो ३ बजे सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक बोलाइएको हो।
बैठकमा कोशी प्रदेश सरकार गठनका विषयमा छलफल हुने बताइएको छ। कोशीमा सत्ता गठबन्धनकै दुई नेताले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि अन्योल बढेको छ।