मंगलबार, असार १७, २०८२

कोशी सरकार निर्माणमा तटस्थ बस्ने राप्रपाको निर्णय

कोशीमा सरकार गठन प्रक्रियालाई लिएर पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकले कतै नढल्किने निर्णय गरेको हो।
 |  शुक्रबार, असोज २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २६, २०८०

vianetvianet

काठमाडौं– कोशी सरकार गठनमा सत्तारुढ कांग्रेसभित्र दुई चिरा परेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तटस्थ बस्ने निर्णय गरेको छ। कोशीमा सरकार गठन प्रक्रियालाई लिएर पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकले कतै नढल्किने निर्णय गरेको हो।

गत बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बारीमा बसेको पार्टी पदाधिकारी बैठकले कोशीमा राप्रपालाई सरकारमा लैजान वार्ता चलाउने निर्णय भएको थियो। तर, बिहीबार गठबन्धन दलको बैठकले माओवादीलाई मुख्यमन्त्री दिने निर्णय गरेको थियो। 

त्यसपछि कांग्रेस संस्थापन इतर शेखर कोइराला समूहले एमाले सहयोगमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेको छ। बैठकमा कोशीको विकसित राजनीति घटनाक्रम र त्यसले राष्ट्रिय राजनीतिमा पार्न  सक्ने प्रभावको विषयमा समीक्षा भएको प्रवक्ता मोहन श्रेष्ठले बताए। 

‘कोशीको विकसित राजनीतिलाई लिएर पार्टीले गम्भीर समीक्षा गरेको छ। त्यसले राष्ट्रिय राजनीतिमा पार्न सक्ने सम्बन्धमा पनि मूल्यांकन भएको छ। हामीले पहिल्यैदेखि एमाले र कांग्रेस मिल्नुपर्ने बताएका थियौं। त्यो अवस्था देखिएको छ,’ उनले भने।

बिहीबार संस्थापन इतर कोइराला समूह समर्थक केदार कार्कीले ८ कांग्रेस सांसद र एमालेका ३९ प्रदेश सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेपछि कोशीमा राजनीति थप धमिलिने ठानिएको छ।

माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले पनि मुख्यमन्त्री दाबी पेस गरेका छन्। तर, आङ्बोले कांग्रेससहित सत्ता गठबन्धनमा रहेका चार दलका संसदीय दल नेताको मात्र हस्ताक्षर बुझाएकाले कार्कीको दाबी बलियो देखिएको छ।

प्रकाशित: Oct 13, 2023| 11:45 शुक्रबार, असोज २६, २०८०
प्रतिक्रिया दिनुहोस्