मंगलबार, असार १७, २०८२

कोशीमा कांग्रेस संस्थापनले बोलायो कार्यसम्पादन समिति बैठक 

कोइराला समूहले एमालेसँग मिलेर सरकार गठनको पहल गरेपछि त्यसबारे निर्णय लिन बैठक बोलाइएको संस्थापन पक्षको जिकिर।
 |  शुक्रबार, असोज २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २६, २०८०

vianetvianet

काठमाडौं– कोशी प्रदेशमा कांग्रेस संस्थापन इतर शेखर कोइराला समूहले एमालेसँग मिलेर सरकार गठनको पहल गरेपछि संस्थापन पक्षले कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

हिजो मात्रै संस्थापन पक्षसहित केन्द्रमा सत्तारुढ दलले माओवादीलाई कोशीको मुख्यमन्त्री दिने निर्णय गरेलगत्तै कोइराला समूहले त्यसको विरोधमा एमालेसँग मिलेर प्रदेशमा नेतृत्वका लागि दाबी गरेको थियो।

कोइराला समूहले एमालेसँग मिलेर सरकार गठनको पहल गरेपछि त्यसबारे निर्णय लिन बैठक बोलाइएको संस्थापन पक्षका नेता भूपेन्द्र राईले बताए।

एमालेसँग मिलेर कांग्रेसका २९ सांसदमध्ये ८ जनाले विद्रोह गरेका छन्। कोशीको मुख्यमन्त्रीमा केदार कार्कीले दाबी पेस गरेका छन्। कार्कीको दाबीलाई एमालेले समर्थन गरेको छ।
गठबन्धनले  नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा अघि सारेको छ। सविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समयसीमा आज बेलुका ५ बजे सकिँदै छ।

प्रकाशित: Oct 13, 2023| 10:45 शुक्रबार, असोज २६, २०८०
प्रतिक्रिया दिनुहोस्